महिलाले फ्याँकेको प्याडबाट काठमाडौँमा यसरी बनाइन्छ रक्सी

गोंगबु प्रहरीले महिनावारी हुदाँ महिलाले लगाएर फालेको प्याडबाट रक्सी बनाएर बेच्ने गरेको फेला पारेको छ ।  घरेलु मदिरा नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले महिलाले महिनावारीको समयमा प्रयोग गरेको प्याडबाट रक्सी बनाएर बेच्ने गरेको फेला पारेको हो ।  महानगरीय प्रहरी प्रभाव गोंगबुका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार  रक्सी उत्पादन गर्न फाटेको जुत्ता, चप्पल, पुरानो मोजाको समेत प्रयोग भएको पाइएको छ । प्रहरीलाई आशंका लागेको ठाँउमा छापा मार्ने क्रममा घरेलु मदिरा बनाउदैं गरेको स्थानमा ठूलो मात्रामा महिलाले महिनावारी हुँदा प्रयोग गरेको प्याड, छालाको पुरानो जुत्ता, तुनासहितको पुरानो चप्पल र पुरानो मोजा भेटिएको प्रहरी निरीक्षक पौडेलले टिभी अन्नपूर्णलाई जानकारी दिए ।  पौडेलले भने ‘बढी नशा लाग्ने रक्सी उत्पादन गर्न महिलाले प्रयोग गर्ने प्याडका साथै निकृष्ट प्रकारका फोहोरजन्य बस्तुहरुको समेत यसमा प्रयोग गरिएको देखिन्छ ।

काठमाण्डौको गोँगबु क्षेत्रका म्हेपी, सामाखुसी गणेशस्थान लगायका स्थानमा ठुलोमा मात्रा यस्तो घरेलु मदिरा तयार तथा बिक्री हुने गरेको सुचनाका आधारमा प्रहरीले गएको २ महिनादेखी निगरानी बढाएको थियो ।  यसरी उत्पादित मदिरालाई काठमाण्डौका साना तथा मझौला होटल रेष्टुरेण्टमा पु¥याई बिक्री वितरण हुने गरेको छ । महिलाको महिनावारीमा प्रयोग भएका प्याडबाट बनेको रक्सी अत्यन्तै नशालु हुने भएकाले यसको माग बढी हुने गरेको एक खाजा पसलका सञ्चालक बताउँछन । उनले निर्धक्कसँग भने धेरै ग्राहकहरु अहिले कडा खालको रक्सीको माग गर्छन यसका लागि छालाका जुत्ता चप्पल र सेनटरी प्याडबाट बन्ने रक्सी दिने गरेका छौं । हामीले देखेका छैनौँ तर सुनेका छौ कडा रक्सीका लागि यस्तै फोहोर वस्तुको प्रयोग हुन्छ । यसरी उत्पादित रक्सीको मुल्य २० देखी ४० रुपैँयामात्रै गिलासको पर्ने भएपनि यसलाई ब्राण्डेड रक्सीको बोत्तलमा भरेर महंगो पैसामा बिक्री गर्ने गरेको समेत प्रहरी निरीक्षक पौडेलले बताए । फोहोरजन्य पदार्थबाट बनेको घरेलु मदिरालाई ब्राण्डेड रक्सीको बोत्तलमा राख्ने र मदिराले लठ्ठिएको ग्राहकलाई ब्राण्डेड रक्सीकै रुपमा महंगो मूल्यमा वितरण गर्ने गरेको समेत देखियो पौडेलले भने ।

अहिले यो क्षेत्रमा झण्डै २ सयको सङ्ख्यामा यस्तो घरेलु मदिरा बिक्री हुने पसलहरु छन भने सयको हाराहारीमा लुकिछिपी यस्तो मदिरा उत्पादनमा सक्रिय कारोवारी छन् । चिकित्सकहरुका अनुसार प्याडमा पनि विभिन्न रसायनिक पदार्थ हुने हुँदा यसबाट बनेको रक्सी सेवन गर्नु स्वास्थ्यका घातक हुने देखिन्छ । यस्तो फोहोरजन्य पदार्थबाट बन्ने रक्सीमा कार्बन मनोअक्साइडको मात्रा बढी हुने भएकाले दिमाग, कलेजो र पेटमा गम्भीर असर पुग्ने चिकित्सक बताउछन ।

Related posts

Leave a Comment