महानिर्देशक हटाउनुमा कुनै स्वार्थ छैन : मन्त्री महासेठ

भौतिक यातायात तथा पूर्वाधार मन्त्री रुघुवीर महासेठले यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई हटाउनुमा कुनै स्वार्थ नभएको बताउनुभएको छ ।रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौमा गरेको साक्षात्कारमा उहाले भट्टराईलाई यातायात मन्त्रालयमा बोलाइएको बताउँदै राजनीतिक आस्थाको आधारमा नहटाइएको दाबी गर्नुभयो । उहाले यातायात क्षेत्र , सवारी चालक अनुमति पत्र बितरणका क्षेत्रमा देखिएको समस्याका बारेमा बुझ्न मन्त्रालय भट्टराईलाई मन्त्रालय बोलाईएको बताउनुभयो । महासेठले सडकको रेखांकन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताउनुभयो । उहाले पाँच वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी पनि दिनुभयो । चुरे तथा भित्री मधेसका उपत्यकालाई आर्थिक तथा औद्योगिक करिडोरकारुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिईने उहाको भनाई छ ।कांग्रेसका नेता डाक्टर रामशरण महतले सरकारको नीति तथा कार्यक्रम प्रचारमुखी रहेको आरोप लगाउँदै यो कार्यान्वयन हुन नसक्ने बताउनुभयो । नीति तथा कार्यक्रम पाचँबर्षको समयमा गर्ने कामको प्रचारमात्र भएको भन्दै कार्यान्वयनमा आशंका रहेको उहाको भनाई छ ।नेता महत्तले सरकारकाले नीति तथा कार्यक्रममा जनतालाई सपनामात्र बाँड्ने काम भएको आरोप पनि लगाउनुभयो ।

Related posts

Leave a Comment