मणिपुरमा पहिरोमा परि ७ जनाको मृत्यु, दुई बेपत्ता

भारतको पूर्वोत्तर राज्य मणिपुरमा पहिरो जादाँ सात जनाको मृत्यु भएको छ, भने दुई जना बेपत्ता भएको बताइएको छ । बुधवार तडके पहाडी जिल्ला तामेलागका केही स्थानमा गएको पहिरोमा सात जनाको मृत्यु भएको, दुई जना बेपत्ता भएको भारतीय अधिकारीले बताएका छन् । उनीहरुको अनुसार भारी वर्षाका कारण सो क्षेत्रमा पहिरो गएको बताइएको छ ।मणिपुरमा लगातार भारी वर्षा भइरहेका छ । लगातारको वर्षाका कारण मणिपुरका केही धेरै नदीमा बाढी आएको छ । र धेरै स्थानमा पहिरो पनि गएको छ । तडकेमा बुधबार विहान करीब साढे तीन बजे पहिरो गएको अधिकारीहरुले बताएका छन् । जसमा ९ जना बेपत्ता भएका थिए । त्यसमध्ये सात जनाको शव निकालिएको छ भने दुई जना बेपत्ता छन् । पहिरोमा परि घाइते भएकाको जिल्ला अस्पतालमा उपचार भइरहेका बताइएको छ । सुरक्षाकर्मी र स्थानीय उद्दार कार्यमा खटिएका छन् । अधिकारीका अनुसार मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् ।

Related posts

Leave a Comment