माइलोमा क्यान्सर: समयमै पहिचान भए पनि निको हुँदैन

माइलोमा क्यान्सर एक यस्तो क्यान्सर हो जुन कहिल्यै निको हुँदैन । मल्टिपल माइलोमा नामले परिचित यो क्यान्सर ब्लड क्यान्सर मध्येको एक खतरनाक क्यान्सर हो । रगतमासीमा लाग्ने यो क्यान्सर रगतको माध्यम हुँदै शरीरको विभिन्न भागमा फैलिदै जान्छ । प्लाज्मामा गडबडी भएर लाग्ने माइलोमाका कारणले रगत कोषिकाहरू नष्ट हुँदै जान्छन् । रगतमा हुने यो क्यान्सरका कारण बोन म्यारोलाई प्रभावित पार्नुका साथै रगतमा भएको प्लेटलेट्सलाई कम गर्न थाल्छ । साथै यसले शरीरमा नचाहिने बिकारयुक्त प्रोटिन पनि निर्माण गर्छ । जसले गर्दा शरीरका विभिन्न भागमा इन्फेक्शन हुन थाल्छ ।

रगतमा विकारयुक्त तत्वका कारण मिर्गौला खराब हुन सक्ने, रक्तअल्पत्ता हुने समस्या पनि हुने गर्छ ।  वरिष्ठ अंकोलोजिस्ट डा. सुदिप श्रेष्ठका अनुसार मल्टिपल माइलोमा रगतमासीमा हुने एक यस्तो क्यान्सर हो जसको उपचार समय मै भयो भने पनि लामो समयसम्म बाच्न मात्रै सकिन्छ । तर, यो क्यान्सर पूर्ण निको हुँदैन । माइलोमा क्यान्सर जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने । तर विशेषगरी ४० देखि ५० वर्ष उमेर पुगिसकेकालाई बढी लाग्ने उनी बताउँछन् । उनले माइलोमाका कारण शरीरका विभिन्न भाग प्रभावित हुने हुँदा समयमै रोग पत्ता लगाउन कठिन हुने बताए । उनले भने, ‘रगतमा हुने माइलोमा क्यान्सरका कारण सबैभन्दा बढी प्रभावित शरीरको हड्डीमा हुने हुँदा यसले हड्डी फ्याक्चर गराउँदा मानिसको ज्यानै समेत जान सक्छ ।’

लक्षण:

—हड्डीहरु दुख्ने

—शरीर कमजोरी हुने

—मिर्गौला बिग्रने

—रक्तअल्पता हुने

  • हाम्रो डक्टर

Related posts

Leave a Comment