लुट फिल्मका निर्देशक माधव वाग्ले नक्कली नोटसहित पक्राउ

लुट’ फिल्मका निर्माता माधव वाग्लेलाई प्रहरीले नक्कली नोटसहित गिरफ्तार गरेको छ । दीपेन्द्र के। खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’ को प्रयोजनका लागि छापिएको १ हजारको तीन बण्डल नक्कली नोट फिल्मका केही प्राविधिकहरुले एक रोधी घरमा खर्च गरेपछि यसका निर्मातालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रोधी घरबाट प्रहरीमा उजुरी परेपछि बुधवार बिहान निर्माता वाग्लेलाई महाराजगञ्ज प्रहरीले बोलाएको थियो ।

सोधपुछका लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर बुधवार दिउँसो काठमाडौं जिल्ला अदालतमा थप अनुसन्धानका लागि म्याद थप गरेको छ । पुनः बिहीवार उनलाई अदालत सामु उपस्थित गराइने खबर प्राप्त छ ।

अहिले उनलाई प्रहरीले थुनामा राखेर अनुसन्धान थालेको छ ।

Related posts

Leave a Comment