ऊर्जामन्त्री पुनले दिएको निर्देशनको अवज्ञा

ऊर्जामन्त्री वर्षमान पुनले एसईई परीक्षा अवधिभर लोडसेडिङ नगर्न भनि दिएको निर्देशन कार्यान्वयन नभएको पाइएको छ । बिहिवार ऊर्जामन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका पदाधिकारीलाई एसईई परीक्षा अवधिमा लोडसेडिङ नहुने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

तर, राजधानीलगायत देशका विभिन्न स्थानमा सदाझैं अघोषित रुपमा लोडसेडिङ भएको पाइएको हो ।

उपत्यकाका केहि स्थानमा समेत लोडसेडिङ भएको छ भने उपत्यकाबाहिर धेरै स्थानमा लोडसेडिङको समस्या देखिएको हो ।
हाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक नगरेको भएपनि अघोषित रुपमा भने लोडसेडिङ हुँदै आएको छ ।

Related posts

Leave a Comment