दरबारमार्गको क्यासिनोमा छापा, दुई पक्राउ

काठमाडौँ ।

महानगरीय अपराध महाशाखाले क्यासिनोमा जुवा खेल्ने र खेलाउने दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा टुसाल बस्ने ६६ वर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गैरकानूनी रुपमा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको सातवटा क्यासिनोमा छापा मार्दा दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई जुवा ऐनअनुसार कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

Related posts

Leave a Comment