आजदेखि कुष्ठरोग निवारण अभियान सुरु हुने

 

सरकारले कुष्ठरोग अति प्रभावित जिल्लामा आजदेखि विशेष अभियान शुरु गर्ने भएको छ , जसअन्तर्गत कैलाली , कपिलवस्तु, रुपन्देही र नवलपरासीमा सञ्चालन हुने कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ ।  अभियान अन्तर्गत तालिमप्राप्त स्वास्थ्य स्वय्मसेविका घर–घरमा गई नयाँ कुष्ठरोग प्रभावित व्यक्तिको खोजी गर्ने, जनप्रनिधिलाई कुष्ठरोगबारे जानकारी दिने तथा जनचेतनाका विभिन्न कार्यक्रम गरिने महाशाखाले जनाएको छ । सरकारले कुष्ठरोग राष्ट्रिय रुपमै निवारण भइसकेको बताए पनि तराईका केही जिल्लामा यो समस्याको रुपमा देखा परेको छ ।

महाशाखाका अनुसार मुलुकभर हाल कुष्ठरोग प्रभावित २२ जिल्ला छन् । जसमध्ये धनुषा, रौतहट, सर्लाही, कपिलवस्तु, रुपन्देही, कैलाली, अछाम लगायत १८ जिल्लालाई बढी प्रभावित हुन् ।   गतवर्ष ५ हजार ९ सय २२ जना कुष्ठरोगी भेटिएकोमा ३ हजार ४० जना रोगमुक्त भएका थिए । २ हजार ६ सय २६ जना भने हाल उपचाररत रहेको महाशाखाको तथ्याङ्क छ ।

Related posts

Leave a Comment