कोरिया स्थित जिमनि ट्रान्सले गर्यो शाखा बिस्तार

कोरियाबाट अटो डेविट मोबाइल र अटो सेन्ड कार्ड सहज सेवा दिँदै आएको जिमनि ट्रान्सले गिम्हीमा पनि नयाँ शाखा सहित सेवा सुरु गरेको छ । यस अघि अन्सन र डोङडाजिमुन शाखा सहित विभिन्न घुम्ती शिविरबाट सेवा दिँदै आएको मा नयाँ शाखा खुलेसँगै गिम्ही, बुसन, डाईैगु, याङसान, उल्सान, मिर्याङ,हमान, सिन्जु लगायतका सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ । जिमनि ट्रान्स कोरिया बाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेसका ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरूबाट १० मिनेटमै प्राप्त हुन्छ भने नेपालका सम्पूर्ण बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीहरूमा पनि तुरुन्तै पैसा जम्मा गर्न सकिने सिटीएक्सप्रेस द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जी मनी को मोबाइल एप घरमै बसेर दर्ता गर्न पनि सकिन र अटो डेविट को सुविधा भएकोले पैसा पठाउन एटिएमजानु नपर्ने र अतिरिक्त शुल्क पनि नलाग्ने समेत जनाएको छ।

Related posts

Leave a Comment