कोलम्बियाको फार्क विद्रोही समूह ऐतिहासिक चुनावमा

कोलम्बियामा संसदीय चुनाव सम्पन्न भएको छ। कोलम्बिया सरकार र फार्क विद्रोही समूहका पूर्व लडाकुहरुसँग सहमति भएपछि पहिलो निर्वाचन भएको हो ।

राष्ट्रपति ख्वान म्यानुअल स्यान्टोसले कोलम्बियाको प्रजातन्त्रका लागि भएको यो चुनाव ऐतिहासिक क्षण भएको बताएका छन्। उनले पचास वर्ष लामो द्वन्द्वपछि पूर्व छापामारहरु हिंसा होइन चुनाव मार्फत परिवर्तनका लागि लडिरहेका उल्लेख गरे। तर शान्ति सम्झौताका थुप्रै आलोचकहरु छन्।

परम्परागत विचार राख्ने विपक्षीहरु स्यान्टोसको सरकार फार्कप्रति धेरै नै उदार बनेको आरोप लगाएका छन्। पूर्व लडाकुहरुलाई न्यायिक कठघरामा उभ्याएर मात्रै राज्यका लागि उम्मेदवार बन्न अनुमति दिइनुपर्ने उनीहरुको विचार छ।त्यसैले चुनावमा सरकार विरुद्ध आक्रोश प्रकट हुने ठानिएको छ।

चुनावका लागि आफ्नो हात माथि पार्ने अपेक्षा सहित चुनावमा होमिएका दक्षिणपन्थी पार्टीहरु कंग्रेसमा पूर्ण बहुमतका साथ जित्ने आशा राखेका छन्। चुनाव अघिको मत सर्वेक्षणले वामपन्थी पार्टीहरुले राम्रो नगर्ने देखाएको बताइएको छ।

फार्क र सरकारबीच सन २०१६ मा ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएपछि उनीहरुलाई संसदमा १० सीट उपलब्ध गराइएको थियो। मतदान दशकौं यताकै शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ।

मतदान सम्पन्न भएको करिब चार घण्टापछि प्रारम्भिक मत परिणामहरु आउन शुरु हुने बताइएको छ।

Related posts

Leave a Comment