किन उत्रिए फ्रान्सलार्इ विश्वकप जिताउने हेनरी आफ्नै टोली विरूद्ध

थिएरी हेनरी र मैले लामो समय फ्रान्सको राष्ट्रिय टोलीबाट फुटबल खेल्यौं । हेनरी आफ्नो समयका उत्कृष्ट खेलाडी हुन् । फ्रान्सेली टोलीले अन्तर्राष्ट्रिय फुटबलमा हासिल गरेको थुप्रै सफलतामा उनको पनि महत्वपूर्ण योगदान छ ।हामीले सन् १९९८ मा एउटै टोलीमा रहेर फ्रान्सलाई पहिलो पटक विश्वकप फुटबलको उपाधि पनि जितायौं । तर, रुसमा जारी २१औं विश्वकपमा भने हेनरी फ्रान्सको विरोधीका रूपमा मैदानमा सक्रिय छन् । यतिबेला फ्रान्स र हाम्रा लागि हेनरी शत्रुजस्तै हुन् ।बेल्जियमसँग सेमिफाइनल खेल्दा हेनरी आफ्नै देश ९फ्रान्स० लाई कसरी हराउने भनेर तानाबाना बुन्न र योजनाहरू बनाउन सक्रिय रहे । यो विश्वकपमा हेनरी बेल्जियम र तिनका प्रशिक्षक रोबर्टो मार्टिनेजका सहयोगी बनेर हाम्राविरुद्घ उभिए । बेल्जियमको प्रशिक्षण टोलीमा रहेकाले यो उनको बाध्यता होला तर, फ्रान्सका लागि भने यो विश्वकपमा उनी शत्रु नै बनेर देखा परे ।

Related posts

Leave a Comment