यी खानेकुरा एकैसाथ कहिल्यै नखानुहोस्, विष बन्न सक्छ

मानिसले खानपानमा मात्रै ध्यान दिने हो भने पनि थुप्रै रोगबाट बच्न सकिन्छ भन्ने तथ्य डाक्टरहरुले पनि स्वीकारेको कुरो हो । कतिपय अवस्थामा मानिसले खाएको खाना नै उसको बिमारीको मुल कारण बन्छ । यस्तो समस्या अझ गर्मीको समयमा बढि देखिन्छ । कतिपय हामीले खाएका खानाले नै डरलाग्दो रुप लिन्छ र फुड् प्वाईजन बन्छ जुन स्वास्थ्यका लागि खतरनाक समेत सावित हुनसक्छ । पाचन यन्त्रले पचाउन नसक्दा पेट फुल्नुको साथै दुख्छ ।
गर्मीमा खानेकुरा चाडै सड्नेगल्ने हुन्छ । यस्ता खानेकुरा शरीरमा पच्दैन । खाएको खानेकुरा आपसमा नमिल्ने एवं बिजातिय हुनसक्छ । त्यस्ता खानेकुरा शरीरमा विष बन्छ ।
केही प्रकारका खानेकुरा एकसाथ सेवन गर्दा रसायनिक प्रतिक्रिया भएर विषाक्त तत्व पैदा हुनसक्छ । त्यही विषाक्त तत्वले बिमारी बनाउछ।
आँप र कांक्राः गर्मीमा आँप र कांक्रा एकसाथ सेवन गर्नु स्वास्थ्यका लागि एकदमै हानिकारक हुनसक्छ । दुबैलाई एकसाथ सेवन गर्दा ग्याष्ट्रिक हुने, पेट भारीपन हुने समस्या हुन्छ ।
दुधजन्य उत्पादन र पालकः दुधजन्य परिकारमा क्याल्शियम पाइन्छ । तर दुधजन्य उत्पादनलाई पालकसँग मिसाइयो भने क्याल्शियम पनि नष्ट हुन्छ । पालकमा अक्सैलिक एसिड हुन्छ, जसले क्याल्शियमलाई अवशोषित गर्नमा रोक्छ ।
दुध र दालः भुटेको गेडागुडी एवं दाल र दुधसँग बनाइएको नास्ता स्वादिलो लाग्नसक्छ । तर दुबैलाई एकसाथ मिसाएर सेवन गर्दा त्यसले पाचन यन्त्रमा समस्या निम्त्याउँछ ।
टर्रो फल र दहीः किवी र सुन्तला जस्तो फलसँग दही सेवन गर्दा त्यसलाई पचाउन निकै कठिन हुन्छ ।

Related posts

Leave a Comment