काठमाडौंमा सम्बोधन गर्दै चर्चित रोबोट सोफिया

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागी  हुँदैछिन् । उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको हो । सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी को आयोजनामा हुने सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा सहभागी हुन लागेकी हुन् । सम्मेलनमा मुख्य वक्ताका रुपमा उनले मन्तब्य दिने युएनडीपी नेपालका सञ्चार प्रमुख कमलराज सिग्देलले बताए । (कान्तिपुर)

Related posts

Leave a Comment