तिन लाख घुससहित पक्राउ प्रहरी असई पक्राउ

काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ३ लाख घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई बालाजुबाट पक्राउ गरेको हो ।
बुटवलमा कार्यरत रहँदा असई खड्काले लेनदेन ब्यवहारको कागज बनाइदिन सहयोग गरेको र त्यसबापत ३ लाख घुस मागेपछि नियन्त्रण लिइएको अख्तियार प्रवक्ता पद्म प्रसाद पाण्डेले जानकारी दिए ।
अख्तियार प्रवक्ता पाण्डेले भने, ‘बुटवल कार्यरत रहँदा त्यहाँ लेनदेनको ब्यवहारका लागि १ करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र त्यो कागज आफौंले राखेर अहिले फिर्ता गर्न ३ लाख मागेको खुल्न आएको छ ।’
कागज फिर्ता गर्नका लागि ३ लाख मागेपछि पीडितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

Related posts

Leave a Comment