राता, पहेँला वस्त्रधारी बाबाले यसरी ठग्छन् ज्योतिषी बनेर(भिडियो सहित)

अहिलेको भौतिक युगमा कर्म नगरेसम्म कुनै पनि कुराको प्राप्ती प्राय सम्भव छैन । तर आजपनि मानिसहरु भाग्यको नाममा लुटिरहेका छन् । काठमाडौंका विभिन्न ठाउँमा ज्योतिषीको भेषमा सजिएका भारतीय रात/ पहेँला वस्त्रधारीहरुले सोझासाझा सर्वसाधारणलाई ठगीइरहेको पाइएको हो । रत्न पार्कको बाहिरपट्टी लगायत काठमाडौंका विभिन्न ठाउँमा उनीहरुले आफ्नो व्यवसाय राम्रै चलाएका छन् । विभिन्न समस्याग्रस्त सर्वसाधारणलाई विभिन्न बहानामा समस्या समाधान गरिदिने भन्दै ठगीरहेका छन् ।
मकवानपुरका नविन आफ्नो भाग्य कस्तो छ ? भन्दै तिनैमध्यैका एक वस्त्रधारी कहाँ पुगे । उनलाई विभिन्न समस्या भएको देखाउदैँ ती समस्याको समाधान पनि आफुसँग भएको बताउदैँ आफ्नो जालोमा सजिलै फसाउन सफल भए । गाँउबाट आएका सोझा ती युवाले समस्या समाधानको उपाय सोधे । ज्यातिषले त्यसका लागि अलि कति खर्च लाग्ने बताए र मनगणन्ते मन्त्र जप्दै एउटा पीत्तलको पातामा धागो बेरेर दिए र त्यसलाई साथमा राखे सबै समस्याबाट मुक्ती मिल्ने आश्वासन दिए ।
त्यसपछि उनले एक हजार ६ सय लिएको नविन बताउँछन् । यस्तै समस्या लिएर आएका अर्का विराटनगरका श्याम सुन्दर पनि वस्त्रधारीको जालोमा परेको बताउँछन् । उनीपनि आफ्नो पढाइ कस्तो छ भन्दै त्यहा पुगेका रहेछन् । उनको हात हेर्दै निकट भविष्यमा नै ठुलै विपत आइलाग्ने भन्दै सजिलै आफ्नो जालोमा पारे । समस्याको समाधान गर्न २ हजार रुपैयाँ लिएको उनले बताए । यी त केहि प्रतिनिधि पात्रमात्र हन सक्छ्, यी ज्योतिषको जालोमा परेर ठगीने । यस्ता दैनिक हजारौँलाई उनीहरुले ठगीरहेका छन् । बाबाको भेषमा सडकको पेटीमा बसेर दैनिक लाखौँ रुपैयाँ उनीहरुले ठगीरहेका छन् ।
तर तिनै ज्योतिषमध्येका एक ज्योतिषीले भने आफुहरुले मनलाग्दी तरिकाले पैसा नलिएको बताए । उनले भने, हामीले तोकेर पैसा माग्दैनौ खुसीले जती दिन्छन् त्यती नै लिन्छौ, हो कहिलेकाही कसैको समस्या भए समस्या समाधानका लागि पुर्जा खर्च वापद पाचँ सात सय लिने छौ । साथै उनले आफुहरुले भारतमा ज्योतिष विद्या सिकेको बताए ।
यसरी प्रत्येक व्यक्तीसँग ५ सय देखि २ हजार सम्म सर्वसाधारणलाई सार्वजनिक ठाउँमा ठगिरहँदा समेत कुनै निकायले ध्यान दिएका छैनन् ।

Related posts

Leave a Comment