जुवाखालबाट लाखौं रकम सहित प्रहरी नै पक्राउ परेपछि…

काठमाडौँ । बुटवलबाट लाखौँ रकम सहित केही प्रहरीहरुलाई जुवाखालबाट पक्राउ गरिएको छ । विभिन्न स्थानमा हानिएको छापाको क्रममा इलाका प्रहरी कार्यालय बुटवलले जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीसहित केही व्यक्तिहरुलाई पक्राउ गरेको हो । ।

इलाका प्रहरी कार्यालयका अनुसार सोमबार पौने २ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा खेलाइएको जुवाखालबाट प्रहरी जवान गोपीकृष्ण नेपालसहितका ४ जना पक्राउ परेका छन् ।

उनीहरूको साथबाट ५१ हजार सात सय ७५ रुपैयाँ बरामद गरिएको र सबैलाई जुवा ऐन २०२० अन्तर्गतको कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान चलिरहेको इप्रकाले जनाएको छ ।

त्यस्तै, प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका –३ सिमानगरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको साथबाट तीन लाख ७४ हजार तीन सय पाँच रुपैयाँ तथा पाँच हजार आठ सय ९० रुपैयाँ भारतीय रुपैयाँ र ताससमेत बरामद गरी अनुसन्धान भइरहेको इप्रकाले जनाएको छ ।

गत शनिबार पनि तिलोत्तमा नगरपालिका –५ बाट जुवा खेलिरहेको अवस्थामा २६ जना पक्राउ परेका थिए । उनिहरुको साथबाट नौ लाख ४६ हजार एक सय पाँच रुपैयाँ बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Related posts

Leave a Comment