जीप दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते

प्युठानबाट दाङका लागि छुटेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । दाङको बंङ्गलाचुली गाउँपालिका ७ आमडाँडामा जीप दुर्घटना भएको हो ।

शुक्रवार बिहान प्युठानको सरुमारानी – ४ जस्पुरबाट हात्तिखाल हुँदै दाङ तर्फ जाँदै गरेको लु १ ज २६५४ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घट्नामा परि २५ वर्षका कविराम बरालको घटनास्थल मै मृत्यु भएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए । जीपका सहचालक २१ वर्षीय सुदन बिक र ६५ वर्षीय मोमबहादुर पल्ली गम्भीर घाईते रहेको प्रहरीले जनाएको छ।

Related posts

Leave a Comment