जिल्ला शिक्षा अधिकारीमाथि बलात्कार मुद्दा

बर्दियाका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको छ ! उनीविरुद्ध जबर्जस्ती करणी महलअन्तर्गत मुद्दा दर्ता गरिएको हो । जिशिअ निवासमा अधिकारी नेपालले पढाउने बहानामा आफूमाथि यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् ।
उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टि भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ । फुपु खाना पकाउनका लागि भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बहानामा दुव्र्यवहार गरेको आरोप छ ।

Related posts

Leave a Comment