म राष्ट्रपति, प्रधानमन्त्री भएपनि ठीक, नभएपनि ठीकः झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामबाट मतदान सम्पन्न गरेका छन् । मतदान सम्पन्न गरेपछि मुलुक अब नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सूर्योदय नगरपालिका १० स्थित राष्ट्रिय आधारभूत विद्यालय रम्फोकबाट बिहान १० बजे मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले अब मुलुकको जटिल संक्रमणकाल समाप्त भएर समृद्धि तर्फ अघि बढेको पनि बताए ।

दुई निर्वाचनले संविधान कार्यान्वयनलाई बलियो बनाएको भन्दै उनले अब कानुनहरु बनाएर मुलुकलाई सही गतिमा हिँडाउनु पर्ने बताए । उनले भने, ‘थुप्रै कानुन बनाएर संविधानलाई पूर्ण कार्यान्वयन गर्न बाँकी छ तर अब छिट्टै कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्छ ।’ खनालले आफूलाई पार्टीले जस्तोसुकै जिम्मेवारी दिएपनि पूरा गर्ने बताए । उनले भने, ‘मलाई राष्ट्रपति बनाए पनि ठीक छ, प्रधानमन्त्री बनाए पनि ठीक छ, यी दुवै नभएपनि ठीक छ ।’

Related posts

Leave a Comment