ओखलढुङ्गा बाट कटारी आउदै गरेको सूमो दुर्घटना

अभी लामिछाने

उदयपुर ओखलढुङगा बाट कटारी आउदै गरेको सूमो दुर्घटनामा परेको छ ।

ना १ ज ५१९२ नम्बरकोसूमो कटारी -८ सीरिसेमा दुर्घटना भएको इलाका प्रहरी कार्यलयका डीएसपी मेघराज अधिकारीले जानकारी दिएका छन । चालक सहित १० जना सवार रहेको उक्त सूमो अचानक ब्रेक फेलहुदाँ दुर्घंटना भएको अधिकारीले बताए । दुर्घटनामा ७ जना घाइते भएका छन ।

घाईते हुनेमा सिराहा जिल्ला धनगढी नगरपालिका -९ बस्ने नारायण तामाङ्ग,सिन्धुली जिल्ला फिक्कल नगरपालिका-५ बस्ने बिमला सुनुवार, सिन्धुली जिल्ला अरुण ठाकुर (७ बस्ने रत्न मगर,सोहि ठेगाना बस्ने विहिमाया मगर र इन्द्रमाया मगर र सोलुखुम्बु जिल्ला पिंगला बस्ने टेक बहादुर कार्की र सोहि ठेगानामा घर भएका चन्द्र बहादुर कार्की सहित ७ जनाको अवस्थाको सामान्य रहेको डीएसपी अधिकारीले बताए ।

घाईतेहरु कटारी अस्पतालमा सामान्य उपचारपछि घर गएका छन ।

Related posts

Leave a Comment