जातीय विभेदको नमीठो कहानी, यसरी शिकार हुदैछन् निर्दोष

युवतिलाई विवाह गर्छु भन्दै काठमाण्डौको एक होटलमा राखेर भागेका एक युवक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको विश्रामपुरका अशोक गुप्ता र विराटनगरकी शैली (नाम परिवर्तन)लाई काठ माण्डौंको सुन्धारा स्थीत होटल एसियनमा बोलाएका थिए । तर, पाँच दिन संगै बसेपछि शैलीलाई त्यहि छोडेर अशोक एकाएक सम्पर्क विहिन भए ।

उनी सम्पर्क विहिन बनेपछि युवतिले महानगरीय प्रहरी वृत, जनसेवामा पुगेर उजुरी दिइन् र गत शनिबार प्रेमी भनिएका अशोकलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीका अनुसार उनले बयानका क्रममा अन्तरजातीय सम्बन्ध भएका कारण आफूले विवाह गर्न नसक्ने बताएका छन् ।

के भएको थियो उनीहरु विचको ? कस्तो थियो सम्बन्ध ?

एउटै कम्पनीमा काम गर्दा गर्दै प्रेम बसेको थियो । सम्बन्ध निकट हुँदै जाँदा उनीहरु एकअर्कालाई प्रेम गर्न थाले । सम्बन्ध यति नजिकिएको थियो कि उनीहरु एकअर्कालाई छोड्न नसक्ने बताउँथे । अन्तरजातीय सम्बन्ध भएका कारण उनीहरुको सम्बन्धलाई परिवारले नमान्ने डर दुवैलाई थियो । साताअघि ती युवतीलाई विवाह गर्ने भन्दै अशोकले सुन्धाराको होटल एसियनमा बोलाए । त्यहाँ ५ दिनसम्म उनीहरु सँगै बसे । ५ दिनपछि अशोक एकाएक एकाएक सम्पर्कविहिन हुँदा युवती छाँगाबाट खसेझैं भइन् । लगत्तै, उनी महानगरीय प्रहरी वृत, जनसेवामा पुगेर उजुरी दिइन् । र, गत शनिबार प्रेमी भनिएका अशोकलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीका अनुसार उनले बयानका क्रममा अन्तरजातीय सम्बन्ध भएका कारण आफूले विवाह गर्न नसक्ने बताएका छन् ।

Related posts

Leave a Comment