जवरजस्ती अभियोगमा एक युवक पक्राउ

ललितपुरको चापागाँउ घर भएका २४ वर्षीय राजु नगरकोटी१३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । उनी धादिङ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरमा बस्दै आएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

 

नगरकोटीले कोठामा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना थाहा पाउने वित्तिकै खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Related posts

Leave a Comment