आइफोन ८ र आइफोन ८ प्लस नेपाली बजारमा

काठमाडौं | जेननेक्स्टले आइफोन ८ तथा आइफोन ८ प्लस भोलि मंसिर १ गते नेपालमा सार्वजनिक गर्ने भएको छ । वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएका एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोन ८ तथा आइफोन ८ प्लस सार्वजनिक गर्न लागेको हो ।

 नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न ग्राहकहरुलाई अनुरोध गरको छ । यस्तै आइफोन ८ तथा आइफोन ८ प्लस किनेपछि सक्कली बिल लिनको लागि पनि अनुरोध गरको छ । 

 

Related posts

Leave a Comment