आइपिएलमा हैदराबादको तेस्रो जित, कोलकाता लाई ५ विकेटले हरायो

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग ९आइपिएल० मा लगातार तेस्रो जित दर्ता गरेको छ । शनिबार कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराउँदै हैदराबादले लगातार सफलता प्राप्त गरेको हो । हैदराबाद ६ अंकसहित शीर्षस्थानमा छ ।१ सय ३९ रनको लक्ष्य पछ्याएको हैदराबादले १ ओभर अघि नै ५ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । टोलीका लागि काने विलियम्सनले अर्धशतक पुरा गरे । ४४ बल खेलेका विलियम्सनले ४ चौका र १ छक्का प्रहार गरे । सकिब अल हसनले २७, ओपनर ऋद्दीमान शाहले २४ रन जोडे । युसुफ पठान १७ र दीपक हुड्डा ५ रनमा अविजित रहे । कोलकाताका लागि सुनिल नारिनले २, मिचेल जोन्सन, पियुष चावला र कुलदीप यादवले समान १ विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । टोलीका लागि क्रिस लेनले सर्वाधिक ४९ रन बनाए भने कप्तान दिनेश कार्तिकले २९ रन जोडे । ७ ओभरमा कोलकाताले १ विकेट गुमाएर ५२ रन जोड्दा वर्षा भएपनि खेल रोकिएको थियो ।वर्षा रोकिएपनि पुनः सुरु भएको खेलमा भने हैदरावाद हावी भएको थियो । टोलीका भुवनेश्वर कुमारले ३, बिली स्टानाले र सकिब अल हसनले समान २ र सिद्धार्थ काउलले १ विकेट लिएका थिए । कोलकाताका क्रिसले ३४ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ४९ रन बटुलेका थिए । कप्तान दिनेशले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । नितेश राणाले १८ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शनिबारकै पहिलो खेलमा दिल्ली डेयर डेभिल्सले पहिलो जित हासिल गर्ने क्रममा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको थियो ।आइपिएलमा आइतबार २ खेल हुनेछन् । पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स तथा दोस्रो खेल किङ्स ११ पञ्जाब र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

Related posts

Leave a Comment