राज्यको नीतिनिमार्ण तहमा बसेर काम गर्न चाहन्छु: डा. भोला रिजाल (भिडियोसहित)

सफल एवं सिद्धहस्त स्त्री रोग विशेषज्ञसँगै कुशल गीतकार, गायक ,कथाकार एवं चलचित्र निर्मातामात्रै होइन देशप्रेमि व्यक्तित्वको पहिचान बनाएका व्यक्ति हुन डा. भोला रिजाल । २००४ सालमा साहित्यिक तथा कलाप्रेमि परिवारमा धरानमा जन्मिएका रिजालको सानैदेखि गीतसंगीतप्रति रुचि थियो । अनि चिकित्सक बन्ने सपना पनि । झन्डै डेढ दर्जन गीतमा गायन, दर्जन बढी सङ्गीत र सयौँ गीतका लेखक डा. भोला रिजालले ९ वटा चलचित्रको कथा लेखन तथा निमार्ण गरेका छन् । गीतसंगीत र चलचित्र दुवैक्षेत्रमा सक्रिय जीवन बिताइरहेका डा. रिजालले ओम अस्पताल तथा नेपाल मेडिकल कलेजको व्यवस्थापनको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । नेपालको चिकित्सा क्षेत्रमा पहिलो पटक टेष्टट्यूब बेबी जन्माउने प्रविधिमा सफलता प्राप्त गरेका डा. रिजालको पहिलो गीत ‘मेरो पौवा पाटीलाई‘‘’ नेपाली सङ्गीतको क्षेत्रमा अहिले पनि निकै लोकप्रिय छ । विज्ञानमा चमत्कारिक सफलता हासिल गरेका रिजाल धर्ममा निक्कै आस्था राख्छन । मुक्तिनाथमा सबैभन्दा ठुलो स्वास्थ्य शिविरमार्फत त्यहाँका जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका डा. रिजाल नेपालमा इन्भीर्टो फर्टीलाइजेशन विधि भित्र्याएर हजारौँ निसन्तान दम्पतीको मुहारमा खुसी भरेको भन्दै केही भगवान् सन्तानेश्वरको अवतार समेत भन्ने गरेका छन् । उनै लोकप्रिय व्यक्तित्व डा. भोला रिजालसँग उनकै कार्यकक्षमा टिभी अन्नपूर्णकर्मी शर्मिला सुवेदीले गरेको कुराकानी:

तपाईँ रातदिन अरूको स्वास्थ्यका लागी खटिरहनुभएको छ , तपाईँको स्वास्थ्य कस्तो छ ?

मैले नराम्रो छ भने  सबैलाई असर गर्ने होला । अहिले मेरो स्वास्थ्य ठिक छ । नियमित चेक अपका क्रममा जाँदा मुटुको दुईवटा भल्भ केही साँघुरिएको देखियो । डा. भरत रावतको  सल्लाह अनुसार एनजीयो प्लास्ट गरियो । मुटुमा दुईवटा स्टेन्ट हालियो । त्यसपछि नियमित औषधि सेवनका साथै खानपिनको पनि ख्याल गर्दै आएको छु । यसबाहेक अन्य कुनै समस्या छैन । मेरो ब्याक हिपमा डिस्क स्लीप भएको छ । यो २०३४ सालदेखीकै समस्या हो । मैले यसको एमआरआई रिपोर्ट विश्वभरका चिकित्सककहाँ पठाएँ, तर अपरेशन हुन नसक्ने भनिएकाले मैले बस्दा उठ्दा ख्याल गर्नुपर्छ ।

एक सफल चिकित्सकबाहेक तपाईँ कुशल सर्जक पनि हो , आजभोली सिर्जनामा कत्तिको समय दिनुभएको छ ?

-म चिकित्सक हुनुपहिले नै सिर्जनामा रमाउने व्यक्ति हुँ । मेरो रुचि र पारिवारिक वातावरण नै यस्तो खालको थियो । बुवा जननी प्रसाद रिजाल, दाजु कालीप्रसाद रिजालको प्रेरणाले पनि काम गरेको मान्छु म । उहाँबाहेक परिवारका धेरै जना साहित्य र सिर्जनामा हुनुहुन्थ्यो । पुरै पारिवारिक पृष्ठभूमि नै यस्तै भएकाले मैले चिकित्सा सेवा सँगै साहित्य र सिर्जनालाई सँगसँगै लैजाने गरेको छु ।

तपाईँ धर्ममा पनि उत्तिकै चाख राख्नुहुन्छ , तपाईँको सफलताको श्रेय तपाईँले विज्ञान वा धर्म केलाई दिनुहुन्छ ?

-धर्मबिना विज्ञान र विज्ञानबिना धर्म अधुरै हुन्छन् । धर्म र विज्ञान एक अर्काको परिपुरक हुन् । कसैले आफ्नो सफलता धर्म र विज्ञान दुवैबिना भएको ठान्छ भने उ कि पागल हो कि त दार्शनिक । चिकित्सा क्षेत्रमा धर्म र विज्ञान मेरो मन र मुटु सम्झन्छु । यी दुवै कुरालाई सँगसँगै लिएर हिँडेको छु ।

केही समयपहिले तपाईँ चिकित्सा क्षेत्रमा देखिएको बिसंगतीकाविरुद्ध भन्दै सडकमै आउनुभयो , चिकित्साक्षेत्रको अहिलेको अवस्था कस्तो छ ?

-चिकित्सा क्षेत्रमा केही मिसअण्डरस्टाण्डिङ छ । जसमा एकले अर्कोलाई गाली गर्ने होच्चाउने र आफू माथि बन्ने मानिमाल्यानीय छ । यसको नाश नहुञ्जेल केही अप्ठ्यारो छ । हामी चाहान्छौ चिकित्सा सेवा मर्या्दित होस । सधैँ अध्ययानका लागी बाहिरी देश दौडिने मात्रै होइन यहाँबाट अध्ययान गर्न  विदेश जाने वातावरण बन्न सकोश देशको नाम राख्न सकुँन भन्ने रहर हो ।

स्वास्थ्य र शिक्षाक्षेत्रमा माफियाहरू सल्बलाईरहेका छन् यसबाट आम जनताले सेवा पाउने भन्दा ठगिने गरेको सम्म आरोपलाग्ने गरेको छ, खास के छ अवस्था ?

-सबभन्दा ठगिएको शिक्षा र स्वास्थ्यबाट हो भन्ने कुरामा म सहमत छैन । सबैभन्दा बढी त राजनीतिबाट जनता ठगिएका छन् । यद्यपि देशको मियो राजनीति नै धुमिल बनेको अवस्थामा स्वास्थ्य शिक्षा पनि यसबाट अछुतो नहुन सक्छ । जहाँसम्म माफिया भन्ने कुरा छ यो देशका हरेक क्षेत्रमा सक्रिय छ । यसको कारण भनेकै राजनीति हो अब देशको राजनीतिमा सुधार अपरिहार्य छ । यसलाई हामीले सकारात्मक रूपमा पनि हेर्नुहुँदैन र धेरै नै नकारात्मक रूपमा पनि हेर्नु हुँदैन किनकि यस पटक बहुमतको सरकार बनेको छ यसले केही खास गर्नेछ भन्ने अपेक्षा आमजनतामा जस्तै हामीमा पनि छ ।

तपाईँ चिकित्सा क्षेत्रमा एकदमै सफल र धेरैको वाहिवाही पाएको र आशा गरेको व्यक्ति अहिले देशको अवस्था झन् पछि झन् जर्जर बन्दै छ राजनीतिको कुरा तपाईँ आफैले गरिहाल्नुभयो तपाईँलाई म राजनीतिमा होमिएर यो व्यवस्था बदल्छु भन्ने लाग्दैन ?

-हो लाग्छ, मलाई यो देशको अवस्था सम्झँदा मेरो आँखा रसाउछ । तर म बाध्यतामा छु । मेरो एउटा जिम्मेवारी छ बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म बिरामीहरू एउटा आशा बोकेर लाम लगाइरहेका हुन्छन् । अहिलेपनि म १५ घण्टा बिरामीको सेवामा तल्लीन छु । यस्तो अवस्थामा मैले गर्दै आएको सेवा छाडेर म राजनीतिमा लाग्दा मेरा बिरामीहरूको अनादार गरेको हुन्छ की भन्ने पिर लाग्छ । तर त्यति हुदाँहुदै पनि मैले राजनीति गर्दा यो देश र जनताका लागी अझै बढी योगदान पुग्छ भने म राजनीतिमा लाग्छु भनेकै छु । मैले गर्ने राजनीति भनेको नीतिगत राजनीति हो । मैले केही राजनीतिमा योगदान गरेर केही नीति नियम बनाउन सके भने यो देशको लागी मैले थप योगदान दिएको ठहर्नेछ भन्ने मलाई लाग्छ र यो मैले बेला बेला भन्दै आएको छु ।

तपाईँले नेपालमा सबैभन्दा पहिले टेष्टट्यूब बेबीको थालनी गरेर हजारौँ निःसन्तान दम्पतीको मुहारमा खुसी दिनुभएकाले केहीले त तपाईँलाई सन्तानेश्वर महादेवको अवतार पो भन्छन् रे त यो सुन्दा कस्तो लाग्छ ?

-हो, कसैले सन्तानेश्रको अवतार भन्छन् कसैले हामीलाई केही पनि फाइदा भएन पनि भन्छन् । हो सबैका आआफ्नै प्रतिक्रिया हुन्छन् म हो म भन्दै आएको छु म अनन्त यात्राको “यात्री म एउटा न ढुङ्गा बगरको, न मन्दिरको देउता, म मान्छे तिमि झैँ अरू केही होइन , तिमि हाँस्दा हाँस्ने तिमि रुँदा रुने ” यो मेरो श्लोक नै हो । यसर्थ म भन्छु म माथि आम मान्छेको सेवाप्रतिको जुन विश्वास प्राप्त भएको छ । यो कायम रहोस् यत्ति भन्न सक्छु ।

तपाईँलाई नेपालमा टेस्ट ट्यूव बेबीको सुरुवात गर्ने सोच कसरी आयो ?

-मैले भारतको कोलकत्तामा बीएन चक्रवर्तीको अस्पतालमा गए त्यहाँ टेस्ट ट्युब सेन्टरमा यसको लागी नेपालीहरूकै ठुलो लाइन लागेको देखेपछि मलाई यसको सुरुवात गर्ने मन लाग्यो । मैले सोचे आर्थिक रूपमा निम्न परिवारका दम्पतीसमेत त्यहाँ यो सेवा लिन पुगेको देखेपछि कमसेकम नेपालमै यो सेवा दिए अलिकति भए पनि सुविधा हुने विश्वासले सुरु गरेको हो ।

अहिले कसरी चलिरहेको छ नेपालमा टेष्टटयूव बेबीको काम ?

-यो अलिक महँगो छ यही कारण धेरै निसन्तान दम्पतीहरू चाहेर पनि सेवा लिन सकेका छैन । मैले यसलाई कसरी कम शुल्कमा दिन सकिन्छ भनेर सोचिरहेको छु । यो डरलाग्दो रोग हो यसका लागी सरकारले पनि केही सहयोग गर्न सके धेरै निसन्तान दम्पतीको मुहारमा खुसी छर्न सकिन्थ्यो । हामी अहिले टेस्ट ट्युव बेबीसँगै यो सँग सम्बन्धित धेरै सेवा दिइरहेका छौँ । अहिले राम्रो छ । हामी अझै सुलभ र सस्तो बनाउने प्रयत्नमा छौँ । अहिले यसमा खास समस्या भनेको खर्च देखिएको छ । सामान्य आर्थिक अवस्थाका मानिसले अहिले यो सेवा लिन अझै सहज नबन्नुको कारण यसमा लाग्ने खर्च हो ।

Related posts

Leave a Comment