भारतबाट इन्धनको मूल्य ह्वात्तै बढ्दा आयल निगमलाई घाटैघाटा

भारतले इन्धनको मूल्य बढाएपछि नेपालको व्यापार घाटा ह्वात्तै बढेको नेपाल आयल निगमले जनाएको छ । भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको निगमका कार्यवाहक कार्यकारी निर्देशक शुसिल भट्टराइले बताए । यो घाटा मासिक हिसाव गर्दा एक अर्ब ६ करोड रुपैयाँ पुग्छ । यसअघिको मूल्यसूचीअनुसार निगमको पाक्षिक घाटा करीव ५५ करोड रुपैयाँ थियो । डिसेम्बरमा भारतीय आयल निगम  आइओसी  बाट प्राप्त मूल्य सूचीमा साविकको भन्दा प्रतिलिटर हवाइ इन्धनमा सात प्रतिशत, डिजेलमा २ प्रतिशत तथा पेट्रोल र खाना पकाउने एलपी ग्यासमा १ प्रतिशत मूल्य बढेको निगमले जनाएको छ । निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार निगमलाई अहिले सबैभन्दा धेरै घाटा ग्यासमा छ । अहिले ग्यासमा प्रतिसिलिण्डर घाटा ग्यास २ सय ४८ रुपैयाँ ६४ पैसा पुगेको छ । डिसेम्बरअघि निगमलाई प्रतिसिलिण्डर ग्यास विक्रीमा दुई सय ३७ रुपैयाँ ६७ पैसा घाटा थियो । त्यस्तै, प्रतिलिटर डिजेलमा ५ रुपैयाँ २५ पैसा र पेट्रोलमा यस्तो घाटा १४ पैसा छ । यसअघि निगमलाई प्रतिलिटर डिजेलमा ३ रुपैयाँ ९८ पैसा घाटा थियो । पेट्रोलको प्रतिलिटर यस्तो घाटा भने साविककै दरमा छ ।

हवाई इन्धन र मट्टीतेलमा भने निगमलाई नाफा छ । पछिल्लो मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर मट्टीतेलमा ११ रुपैयाँ, हवाई इन्धन (बाहृय) मा १० रुपैयाँ १३ पैसा र हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ ४९ पैसा नाफा छ । यसअघि निगमलाई प्रतिलिटर मट्टीतेलमा १५ रुपैयाँ, हवाई इन्धन (बाहृय० मा १८ रुपैयाँ ३१ पैसा र हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ नाफा थियो । तर, हवाई इन्धन र मट्टीतेल दुवै इन्धनको माग कम हुने भएकाले त्यसले नाफा (नोक्सानमा त्यति धेरै अन्तर नहुने निगम बताउँछ ।पछिल्लो समय इन्धनको खपत हृवात्तै बढेको निगमका कार्यवाहक कार्यकारी निर्देशक भट्टराई बताउँछन् । उनका अनुसार अहिले डिजेलको दैनिक खपत करीव पचास लाख लिटर (पाँच हजार किलोलिटर) पुगेको छ । त्यस्तै, पेट्रोलको दैनिक यस्तो खपत १४ लाख लिटर ९१४ सय किलोलिटर) पुगेको छ । सामान्य अवस्थामा पेट्रोलको यस्तो खपत दैनिक १२ सय किलोलिटरमात्र हुने निगम बताउँछ । डिजेल भने सामान्य अवस्थामा दैनिक करीव चार हजार किलोलिटरमात्रै हुने निगमको भनाई छ । ग्यासको दैनिक यस्तो खपत भने करीव ११ सय मेट्रिक टन पुगेको छ । अहिलेको यो इन्धन खपत साविकको तुलनामा अधिकतम रहेको निगम बताउँछ ।

 

Related posts

Leave a Comment