भारतीय रेलभित्र ६५ करोड बराबरको गाईको गोबार

भारतीय रेल विभागले यात्रुको दिशापिसावमार्फत बायोग्याँस उत्पादनका लागी झण्डै ६५ करोडको गाईको गोबार खरिद गर्ने तयारी गरेको छ ।
दैनिक भाष्करमा प्रशारित समाचारअनुसार रेल विभागलाई यो कामका लागी झण्डै ३३ सय ५० ट्रक गोबरको आवश्यकता रहेको उल्लेख छ ।
भारतीय रेलमा जडान गरिएका बायो ट्वाइलेटमा फोहोर गलाउने ब्याक्टेरिया रिचार्ज गर्नका लागि गाईको गोबर किन्ने भएको समाचारमा उल्लेख छ । यस वर्ष सबै रेलमा बायो ट्वाइलेट जडान गर्ने लक्ष्य विभागको छ ।

बायो ट्वाइलेट भनेको एउटा सानो आकारको ढल प्रशोधन प्रणाली हो जुन ट्वाइलेट सिट मुनि हुन्छ । यसमा कम्पोष्ट च्याम्बरमा हुने ब्याक्टेरियाले मानव मलमुत्र विच्छेदन गरी मिथेन र पानीमा टुक्राउँदछ र यसबाट मानव मलमुत्र व्यवस्थापन हुन्छ ।

 

Related posts

Leave a Comment