होटल ईको भ्यू पोइन्टमा आगलागी

ताप्लेजुङको सदरमुकाममा रहेको एक होटलमा आगलागी भएको छ । सदरमुकाम फुङलिङ बजारमा रहेको होटल ईको भ्यू पोइन्टमा शुक्रबार बिहान ६ बजे आगलागी भएको हो । आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको तर क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासीले फुङ्लिङ नगरपालिकाको दमकलको प्रयोग गरी करिब एक घण्टापछि आगो निभाएका थिए । आगलागीको कारण खुलेको छैन तर विद्युत सर्ट भएर आगो लागेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Related posts

Leave a Comment