अचम्मको प्रेमलीलाः फिल्मी शैलीमा भगायो बदनामित ध्रुबे हात्तीले कलीलाई

मानिसको मनोभावना र प्रेम त हामीले सुन्दै र भोग्दै आएको कुरा हो । तर जनावरमा पनि यस्तै प्रेमभाव देखिएको छ । जनधनको ठूलो क्षति गरेर कुख्याति कमाएको ध्रुबे हात्तीले गए राति चितवन निकुञ्जबाट आफ्नी प्रेमिका हात्ती तीर्थमान कलीलाई साङ्लो चुडाएर जङगल तिर लगेको छ । फिल्मी शैलीमा प्रेम लीला पस्कदै ध्रुबेले कलीलाइ जङगल तिर लगेको प्रत्यक्षदर्शी हात्ती हेरालुले बताएका छन् ।  माया प्रेम मानिसमा मात्रै नभई जनावरमा पनि उत्तिकै हुन्छ भन्ने कुरालाई ध्रुबे हात्तिले प्रमाणित गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरमा ध्रुबेले तीर्थमान कलीसंग प्रेमलीला पेश गरेको हो ।
एक महिनादेखि लगातार तीर्थमान कलीको प्रतीक्षामा रहेको ध्रुबे आईतबार फिल्मी शैलीमा अनौठो प्रेम देखाएको सुखीभार पोष्टका हात्ती हेरालु रामकुमार चौधरीले बताए । उनका अनुसार करीव २ बजे पोष्टमा पुगेको ‘ध्रुवे’ले ‘तीर्थमान कली’संगै रहेको ‘पारस गज’लाई आक्रमण गरी ‘तीर्थमान कली’लाई जंगलतर्फ लैजान सफल भएको हो । आक्रमणबाट पारस गज गम्भीर घाईते भएको छ ।
एक महिना अघिदेखि सो क्षेत्रमा ध्रुवे हात्ती देखा पर्दै आएको थियो । सोही पोष्टका हात्ती हेरालु राजेश सिंहले आक्रमणबाट पारस गजको पछाडीको भागमा चोट लागेको जानकारी दिनुभयो । पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले फेरी सुखीभार पोष्ट आसपासमा देखिन थालेको हो ।
‘ध्रुवे’ हात्तीले २०६६ देखि २०६९ सालसम्म नेपाल र भारतमा गरेर १५ जनाको ज्यान लिएको निकुञ्जका अधिकारीले जनाएका छन् । ध्रुवेले ५० भन्दा बढी घर नष्ट गरेको थियो ।

Related posts

Leave a Comment