हरियो खुसार्नी र धनीँयालाई एक महिनासम्म पनि हरियो राख्ने यो हो तरिका

धनीँया, हरियो खुसार्नी जस्ता भान्सामा नियमित प्रयोग हुने तर अति कम मात्रा प्रयोग हुने वस्तु हुन् । साथसाथै धेरै दिनसम्म राख्दा कुहिने र ओइराउँने समस्याले सबैलाई पिरलेको हुन्छ । तर तरिका जाने यस्ता वस्तुलाई पनि लामो समयसम्म टिकाउ बनाउन सकिन्छ । त्यसको लागि केही विधि अनुसार यिनलार्ई राख्नुपर्छ ।  

 जरासहितको धनियाँलाई पहिले नुनपानीमा पखाल्नुहोस् । कुनै भाँडोमा पानी राखेर जरा मात्रै डुब्ने गरी राख्नुहोस् । हरियो धनियाँ सातादिनसम्म पनि हरियै र ताजै रहन्छ । आवश्यकताअनुसार निकाल्दै प्रयोग गर्न सक्नुहुन्छ ।
०   हरियो खुर्सानी चाँडै बिग्रिनुमा भेट्नोको खास दोष हुन्छ । बजारबाट ल्याएपछि सबै खुर्सानीका भेट्ना चुँडाएर फालिदिनुहोस् । अब, एउटा प्लास्टिक या बट्टामा खुर्सानी राख्नुहोस् र हावा नछिर्ने गरी प्याक गरिदिनुहोस् । झन्डै महिनादिनसम्म पनि हरियो खुर्सानी हरियै रहन्छ, बिग्रिँदैन । आवश्यकताअनुसार निकाल्दै भान्सामा उपभोग गर्नुहोस् ।

Related posts

Leave a Comment