मानन्धरको हत्यारा गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद

नेपालगञ्जमा गुण्डा नाइकेको रुपमा परिचित रिगल ढकाल भनिने योग ढकाललाई कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित मङ्गलबार जन्मकैदको सजाय सुनाएको हो ।
तीन वर्षअघि खुडा प्रहार गरी हत्या गरिएका नेपालगञ्जका मानन्धरको हत्याका मुख्य आरोपी गुण्डा नाइके रिगल भनिने योग ढकालले जिल्ला अदालत बाँकेमा आत्मसर्मपण गरेको दुईबर्षपछि फैसला भएको हो ।
तीन वर्षअघि नेपालगञ्जको सुर्खेतरोडस्थित धम्बोझी चोकमा नेपालगञ्ज–८ का २९ वर्षीय चेतन मानन्धरलाई २०७२ साल असार २८ गने खुँडा प्रहारी गरी हत्या गर्ने कार्यमा रिगल ढकालको मुख्य संलग्नता र योजना भएको भन्दै प्रहरीले ढकालसहित १५ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो । जसमध्ये एकजनाले मात्रै सफाई पाएका छन् ।

Related posts

Leave a Comment