गुल्मीमा आगलागीबाट एक बृद्धको मृत्यु

गुल्मीको धुर्कोट गाउँपालिका-३ हाडहाडे सोमरभोमरमा गएराती आगलागी हुँदा एक बृद्धको ज्यान गएको छ । आगलागीमा परी ६० बर्षिय कृष्ण बहादुर पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए । खाना पकाएर रहेको आगो घरमा सल्किएको बताए ।आगोले घर गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको चौधरीले बताए । पुनको एउटा भैसी समेत मरेको छ । । स्थानीयको सक्रियतामा राती नै आगलागी नियन्त्रणमा आएको घटनास्थल पुगेका नयाँगाउँ प्रहरीचौकीका प्रहरी सहायक निरिक्षक शिवनाथ यादवले बताए ।सुस्त मनस्थिती भएका पुन घरमा एक्लै बस्दै आएका थिए । अहिले इलाका प्रहरीचौकी पुर्कोटदहबाट प्रहरी नायव निरिक्षक अशोक श्रीवास्तव सहितको टोली घटना स्थल तर्फ लागेको छ ।

Related posts

Leave a Comment