जब बेहुला सुनले सजिएर रिसेप्सनमा पुगे

प्राय मानिसहरुले आफ्नो विवाहको लागी छुट्टै सपना बुनेका हुन्छन् । विवाहमा कपडा तथा गहनामा मानिसहरुले दिल खोलेर खर्च गर्दछन् ।

खासगरी बेहुलीका लुगा तथा गहनामा बेहुला पक्षले मोटै रकम खर्चिएको हुन्छ । तर पाकिस्तानमा बेहुली होइन बेहुला चाहिँ सबैको नजरमा छाएका छन् । त्यसको कारण हो उनले लगाएको सुन । झण्डै ४० लाख रुपैयाँ बराबरको सुन लगाएर उनी आफ्नो बिहेको रिसेप्सनमा पुगेपछि सबै तीनछक परेका थिए ।

सुनले छाइएका ती बेहुलाको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ ।

लाहोर सहरको घटना हो यो । त्यहाँ एकजना बेहुला सुनले सजिएका सूट लगाएर आफ्नो बिहे भोजमा सामेल भए । उक्त सूटको मूल्य निकै धेरै थियो किनकि त्यसमा क्रिस्टल समेत लगाइएको थियो । ती बेहुलाले टाई पनि सुनको लगाएका थिए । सुनको टार्इ दश तोला सुनबाट बनेको थियो ।

त्यतिमात्र होइन, ती बेहुलाले जुत्ता पनि सुनकै लगाएका थिए । उनले लगाएका जुत्ता ३२ तोला सुनले बनेका थिए ।

समाचार अनुसार ती बेहुलाको नाम हाफिज सलान शाहिद हो । उनी एक व्यवसायी हुन् ।

 

-एजेन्सी

Related posts

Leave a Comment