बलिउड अभिनेता गोविन्दाको फ्राइडे शुक्रबारदेखि हलहरुमा

बलिउडका स्थापित अभिनेता गोविन्दा लामो समयपछि चलचित्रमा फर्किएका छन् । उनी आज शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र फ्राइडेमार्फत कमव्याक गर्दैछन् । कुनै बेला सबैभन्दा धेरै हिट चलचित्र दिने अभिनेतामा गोविन्दाकै नाम आउँथ्यो ।

पछिल्ला केही वर्षयता भने उनी कमै चलचित्रमा देखिएका छन् । यसअघि आफूले अभिनय गरेको एउटा चलचित्र व्यवसायिक रूपमा असफल भएपछि गोविन्दा केही निराश भएका थिए । चलचित्र ‘फ्राइडे’ हास्यप्रधान भएको बताइएको छ । यो चलचित्र केही महिनाअघि नै प्रदर्शन हुने भनिए पनि विभिन्न कारणले प्रदर्शन मिति सर्दै आएको थियो ।

अधिकांश दृश्य भारतमै छायांकन गरिएको चलचित्र फ्राइडेलाई इनबक्स पिक्चर्स प्राइभेट लिमिटेडले निर्माण गरेको हो । यो चलचित्र अघिल्लो सातादेखि प्रदर्शनमा आएको चलचित्र सन्जुको मारमा पर्ने भारतीय चलचित्र पण्डितहरूको विश्लेषण छ । भारतीय चलचित्रको इतिहासमै सबैभन्दा राम्रो व्यापार गर्ने चलचित्रमा उक्लिएसँगै सञ्जुको चर्चा थप चुलिएको छ ।

 

Related posts

Leave a Comment