Breaking : फेरि अर्को गोलिकाण्ड, एकाबिहानै म्हेपीमा गुरुङमाथी गोली बर्षियो

काठमाडौँ ।

काठमाडौँको म्हेपीमा आइतबार बिहानै स्कुटीमा सवार एक पुरूषमाथि गोली हानिएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकका अनुसार गोली लागेर स्कुटीमा सवार कल्याण गुरूङ घाइते भएका छन् ।गुरूङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

रानीबारीमा बस्ने गरेका गुरूङको घुँडामुनि एक राउन्ड गोली लागेको छ ।  गुरुङ र कारमा सवार समुहबीच केटीको बारेमा बिवाद हुदा   गोली चलेको हो । गोली लाग्ने र गोली चलाउने दुबै समुहले बारमा बसेर संगै मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘संगै बारमा बसेर मदिरा सेवा गरेको पाईयो, स्कुटरमा सवार चार–पार जनाको समुहले कारको पिछा गरेपछि गोली चलेको पाईयो ।’ प्रहरीले स्रोतले  भन्यो ।

सातअघिमात्रै नयाँ बानेश्वरको खरिबोटमका अज्ञात समूहले गोली हानेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गरेका थिए ।

यो पनि पढ्नुहोस् :

कर्मचारीले सरकारी तलब सुविधा लिएर व्यापार, गोप्य सुचना बेच्ने गरेको आरोप

के यिनै हुन नेपालका १० धनी व्यक्ति, जसलाई लक्ष्मीको आर्शिवाद मिलिरहेको छ

Related posts

Leave a Comment