गुगल सर्चबाट ७५ प्रतिशत मानिसले स्वास्थ्य समस्या समाधान गर्ने

गुगल सर्च जनस्वास्थ्यको लागि बहुपयोगी भएको एक अध्ययनले प्रमाणित गरेको छ । बेलायतमा गरिएको एउटा सर्वेक्षण ७५ प्रतिशत मानिसले विभिन्न किसिमका सानातिना स्वास्थ्य समस्याको समाधान गुगलको सर्चबाट पत्ता लगाउने गरेको पाइएको हो ।
शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्रयोग हुने विधि र औषधि इत्यादिको बारेमा इन्टरनेटमा गुगल सर्चमार्फत खोजी गरी सामान्य रोगमा आफ्नो उपचार आफै गर्ने बेलायतीहरु हरेक दश जनामा ७ जना रहेका छन् ।

सामान्य स्वास्थ्य समस्याका लागि समेत डाक्टरकोमा गएर चेकअप तथा उपचार गराउने जम्मा ३० प्रतिशत मात्र रहेका छन् । औषतमा सबै बेलायतीहरु अहिले दुई तिहाइ जिवाणु तथा रोगविमारहरुको उपचार कुनै व्यवसायिक चिकित्सा उपचार विना आफै गर्नसक्ने विश्वास राख्दछन् । फ्युचर यू नामक संस्थाले गरेको अध्ययन अनुसार धेरै मानिसहरु इन्टरनेटमा विभिन्न खाले रोगहरुका बारेमा जानकारी लिने, अध्ययन गर्ने गरी स्वास्थ्यका विषयमा जागरुक हुने गरेका छन् ।

Related posts

Leave a Comment