बेलायतमा ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यलय

केही समयदेखी अष्ट्रेलिया र भारतमा सम्पर्क कार्यलयमार्फत काम गरिरहेको ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनस्थित एल्डरसर्टमा अर्को सम्पर्क कार्यलयको स्थापना गरेको छ । आइतबार बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको उपस्थितीमा गर्भनर डा. चिरञ्जिवी नेपालले कार्यलयको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा गर्भनर नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक बेलायतमा सम्र्पक कार्यालय खोल्ने काम सकारात्मक भएको भन्दै यसको प्रशंसा गरे ।


कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदिले बैंकले देशबाहिर समेत सेवा प्रवाह गर्नु बेलायतमा बस्ने नेपालीका लागी समेत सुखद् हुने धारणा राखेका थिए ।
सम्पर्क कार्यलयमार्फत बैंकले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु बीच व्यापारिक एवं लगानी सम्वन्धी प्रबद्धनात्मक कार्यमा समेत सघाउने बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालको बिश्वास छ ।


शाखा सञ्चालनपछि बैंकले जारी गरेको बिज्ञप्तीमा अतिरिक्त, काम तथा पढाईको सिलसिलामा संयुक्त अधिराज्य बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुने उल्लेख छ ।
ग्लोबल आईएमई बैंकमार्फत ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखा रहित बैंकिङ्ग सेवा माफर्त ग्राहकले बैंकिङ सेवा लिदैं आईरहेका छन ।

Related posts

Leave a Comment