५० हजार घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ । औषधि व्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्जका, फार्मेसी अधिकृत तपेन्द्र भट्टराइलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । मेडिकल स्टोर दर्ता प्रकृयामा सहजता बनाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा कार्यकक्षबाट घुससहित पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Related posts

Leave a Comment