प्राण रहुन्जेल जनताकै गीत गाएर मर्ने रहर छः गायक जीवन शर्मा (भिडियो सहित)

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको । उमेर भइसक्यो असी झन् ठूला दुःखले जेलेको ।। यी र यस्तै मार्मिक र जागरणका हजारौँ गीत गाइसकेका जनवादी गायकजीवन शर्माले आफ्नो श्वास र प्राण रहुन्जेल जनताकै गीत गाएर मर्ने धोको रहेको बताएका छन् । टिभी अन्नपूर्णको कार्यक्रम अनलाइन टकमा पत्रकार विनोद देवकोटासँग कुरा गर्दै उनले भने, मेरो कुनै नेता बन्ने, सभासद बन्ने वा मन्त्री बन्ने चाहना छैन, जनताको गित, जागरणको गीत मेरो अन्तीम श्वास रहुन्जेल गाउदै मर्ने इच्छा छ । साङगेतिक क्षेत्रमा तीन दशक बढी बिताइसकेका शर्माले आफुले पञ्चायत, बहुदल र निरङकुश शासकविरुद्ध गीत गाउदा थुप्रै पटक जेल नेल र यातना खेपे पनि सन्तुष्ट रहेको बताए । साथै उनले नेपालमा राजनीतिक प्रणाली परिवर्तन भएपनि जनताको जिवनस्तर माथि उठ्न नसकेको बताउदै अब आफ्ना गीत त्यसतर्फ केन्द्रीत हुने बताए ।

उनीसँग गरिएको पुरा कुराकानी हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्   ।

 

Related posts

Leave a Comment