गोरेको बयान, ‘सनमको हत्या गरेको हैन, भिडियो देखाउन खोज्दा वकिलको अवरोध

सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले शनम शाक्यको हत्या आरोप अस्वीकार गरेका छन् ।बुधवार जिल्ला अदालत मोरङमा बयान दिँदै गोरेले सनमको हत्या आफूले नगरेको बताएका हुन् । सनमलाई यातना दिइ मारिएको ठाउँको बारेमा आफूलाई जानकारी भएपनि सनमको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको गोरेको भनाइ छ ।
गोरेले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका तथा फरारको सूचीमा रहेका अभियुक्तमध्ये केहीलाई मात्र आफूले चिनेको अदालतसमक्ष बयान दिएका छन् । गोरेले आफ्नो बयानका क्रममा सनम शाक्यको हत्यामा आफ्नो संलग्नता नरहेको बताएपछि अभियोजन पक्ष सरकारी वकिलको कार्यालयले सबूत प्रमाणको रुपमा भिडियो देखाउन खोज्दा प्रतिवादी वकिलले अवरोध गरेका थिए । गोरेले मृतक सनम शाक्यसहित अन्य २ जनालाई दिएको यातनाको भिडियो देखाउन खोज्दा भने प्रतिवादी गोरेका पक्षका वकिलले अबरोध गरे ।न्यायाधीशको अनुमतिमा सरकारी वकिल कार्यालयका प्रतिनिधिले भिडियो देखाउन खोजेका थिए । तर गोरेको पक्षबाट बहस गर्ने भनेर उपस्थित भएका अधिवक्ता यमबहादुर थापा मगरले भिडियो देखाउन दिए ।अधिवक्ता मगर प्रतिवादमा उत्रिए पछि देखाउन खोजिएको भिडियो बन्द गरिएको थियो ।

Related posts

Leave a Comment