ललित स्मृति फुटबल प्रतियोगितामा एनआरटी क्लबको विजयी सुरुवात

एनआरटी क्लबले ललित स्मृति अन्डर १८ राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको उद्घाटन खेलमा एनआरटीले मछिन्द्र क्लबलाई तीन एक गोल अन्तरले पराजित गरेको हो । एनआरटीका तर्फबाट साहिल केसी , विशाल क्षेत्री र निर्मल घिसिङले गोल गरे भने मछिन्द्रका तर्फबाट शरद राईले एक गोल गरेका थिए । प्रतियोगितामा सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।उपत्यकाका ए डिभिजन टोली र उपत्यकाबाहिरका राष्ट्रिय लिग खेल्ने टोलीका युवा टोलीलाई प्रतियोगितामा सहभागी गराइएको एन्फाले जनाएको छ । समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको उपाधि विजेता टोलीले ३ लाख पुरस्कार पाउनेछ भने उपविजेता टोलीले २ लाख पुरस्कार पाउनेछ । प्रतियोगिता असार २१ गतेसम्म सञ्चालन हुनेछ ।

Related posts

Leave a Comment