यसरी द्रुत रुपमा काम हुने भयो बहुचर्चित फाष्ट ट्रयाकको

नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्ग ९फास्ट ट्रयाक० निर्माणलाइ प्रभावकारी बनाउन तयारी तीब्र गरेको जनाएको छ । मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेव गरी पाँच स्थानमा शिविर खडा भइसकेको छ । थप पाँच स्थानमा स्थापना गर्ने तयारी सेनाको छ । हालसम्म दुई वटा गणका करिब पाँच सय सैनिक फास्ट ट्रयाक निर्माणमा परिचालन भइसकेका छन् ।

निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन, निर्माणसम्बद्ध यन्त्ररउपकरण खरिद र विष्फोटक पदार्थ आपूर्तिलगायत काम एकसाथ थालेको छ । सेनाले अहिले भारतीय कम्पनी इन्फास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज लिमिटेड ९आईएल एन्ड एफएस०ले तयार पारेको डीपीआर अध्ययन गरिरहेको छ । थप दुई वटा गणलाई परिचालन गरिने सैनिक प्रवक्ता नैनराज दाहालले जानकारी दिए ।

हेभी इक्युपमेन्ट खरिद गर्दै

द्रुतमार्ग निर्माणको गतिलाइ तीव्र बनाउन सेनाले आधुनिक हेभी इक्युपमेन्ट मेसिन खरिद गरेर ल्याउने तयारीमा जुटेको छ । नयाँ रक ब्रेकर, एक्जाभेटर, व्हिल लोडर, एयर कम्प्रेसर, रोलर, बुल डोजर, ब्याक हो लोडर र ग्रेडर मेसिन खरिद गरिसकिएको छ ।यस्तै ट्रक, क्याब पिकअप, ट्रेलरसहितको ट्याक्टरलगायत साधन पनि खरिद गरिएको छ ।

‘कतिपय मेसिन आइसके, केही भन्सारमा आइपुगेका छन्,’ प्रवक्ता दाहालले भने, ‘काम थाल्न हामी प्राविधिक रुपमा पनि तयार बनेका छौं ।’द्रुतमार्गर्का लागि आवश्यक विष्फोटक पदार्थको आपूर्तिकर्ता नियुक्ति प्रक्रिया पनि शुरु भएको छ । छानिने कम्पनीले एक वर्षसम्म द्रुतमार्गर् निर्माणमा आवश्यक विष्फोटक आपूर्ति गर्नेछ ।

मेसिन आएपछि फिल्डमा पठाइहाल्ने र सहज स्थानमा काम थालिहाल्ने योजना सेनाको छ ।

चार बर्षभित्रै निर्माण सम्पन्न हुने

यसैगरी फास्ट ट्रयाक निर्माण चार वर्षभित्र जसरी भएपनि सम्पन्न गर्ने लक्ष्य लिएको छ । द्रूतमार्ग ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली-इपा-गढी-छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ र निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिने छ, ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्टलगायत निर्माणलाई छुट्टा-छुट्टै कार्यविभाजन गरेर काम थाल्ने सेनाको तयारी छ ।

उक्त मार्गमा ९९ सय वटा पुल निर्माण गरिने योजना रहेको छ । चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक तयार पार्ने सरकारी योजना छ । ७६ दशमलव दुई किलोमिटरको द्रुतमार्ग पहाडी क्षेत्रमा २३ र तराईमा २५ मिटर चौडाइको हुनेछ । द्रुतमार्गर्मा पर्ने मकवानपुरको ठिंगनबाट रातोमाटे जोड्ने डेढ किलोमिटर लम्बाइको दुईमुखे सुरुङ पनि निर्माण गरिनेछ ।

 

Related posts

Leave a Comment