फरार चिनिँया अभियुक्त काठमाण्डौबाट पक्राउ

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेको चिनियाँ युवती झोङ सुई काठमाडौंमा पक्राउ परेकी छन् । चीनमा वित्तिय अपराध गरी पर्यटक भिसामा लुकिछिपी बसिरहेकी सुईलाई बिहीबार अध्यागमन विभागले पक्राउ गरेको हो ।काठमाडौंस्थित चिनियाँ दूतावासले अध्यागमनलाई पठाएको पत्रमा समेत सुईले कस्तो गम्भीर अपराध गरेकी हुन् स्पष्ट नखुलाएको स्रोतले बताएको छ । पत्रमा सुईले चीनमा गम्भीर वित्तिय अपराध गरेको र उनलाइ पक्राउ गरी सहयोग गरिदिनु उल्लेख छ । चीनमा वित्तिय अपराध गरी फरार भएपछि सुईविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । ओभर स्टे रहेकी उनी बिहीबार भिसाको म्याद थप्न अध्यागमन पुगेपछि उनलाई तत्काल कर्मचारीले नियन्त्रणमा लिएका थिए ।सुईले भिसा नियमित गर्ने प्रक्रिया अघि बढाएपछि उनलाई अध्यागमन कर्मचारीले पक्राउ गरिएको जानकारी गराए । अध्यागमनले हिरासतमा रहेकी सुईलाई शुक्रबार चीन फिर्ता पठाउँदै छ । चिनियाँ दूतावासले उपलब्ध गराएको ट्राभल डकुमेन्टका आधारमा सुईलाई अध्यागमनले चीन पठाउन लागेको हो ।

Related posts

Leave a Comment