एउटै सिलिण्डरमा ९ केजी कम, गृहलक्ष्मीले प्रतिसिलिण्डर ८ सय ठगेको आशंका

पोखरा लेखनाथ उपमहानगरपालिकाको लामाचौरस्थित गृह लक्ष्मी ग्याँस डिलरबाट बिक्री गरिएको ग्यास मापदण्डभन्दा कम भेटिएको छ । स्थानीय ग्याँस डिपोबाट विद्यालय क्यान्टिनको लागि खरिद गरेको ग्याँस झण्डै ९ केजी कम रहेको भेटिएको छ । खरिद गरेर ल्याउँदा हलुका महसुस भएपछि शंक ालागेर डिजिटल तराजुमा तौल गर्दा यस्तो फेला परेको हो । बजारमा खाना पकाउने ग्याँस उत्पादन तथा वितरण गर्दै आएको गृह लक्ष्मी ग्याँसले मापदण्ड भन्दा धेरै कम ग्याँस बजारमा बिक्री गरेको तथ्य उजागर भएको हो । सामान्यतया पुरा भरिएको सिल प्याक ग्याँस १४.२ केजी हुनुपर्दछ । यसै गरी गृहलक्ष्मी ग्याँसको सिलिण्डरकोे कुल तौल १५.५ केजी भएको गरिएको छ । यसरी हेर्दा सिलिण्डरमा ग्याँस भर्दा २९.७ केजी हुनुपर्ने हुन्छ । तर गुह लक्ष्मी ग्याँस उद्योगले बजारमा पठाएको भरिएको ग्याँस सिलिण्डर जम्मा २०.५ केजी मात्रै भेटिएको छ । खाली सिलिण्डर १५.५ कटाउँदा उक्त सिलिण्डरमा भरेको ग्याँस जम्मा ५ केजीमात्रै हुन आउँछ । यसरी तोक भन्दा ९.२ केजी कम ग्याँस बजारमा बिक्रि गरेको भेटिएको छ ।

अहिले बजारमा ग्याँसको मूल्य १३२५ पर्दछ । यसरी हेर्दा एउटा सिलिण्डर बराबर ८ सय अन्ठाउन्न रुपैयाँ ठगी गरेको पाइएको छ । यस विषयमा सम्बन्धित ग्याँस कम्पनीसँग कुरा गर्दा त्यसो हुनै नसक्ने भन्दै यसमा चुहावट अथवा कसैले नियतवश सिल खोलेर बदनाम गर्न खोजेको हुन सक्ने प्रतिकृया दिए । तर ९ केजी कम देखिएको सिलिण्डरमा लिकेज पनि देखिएन र कम्पनीले अन्य सिलिण्डरमा प्रयोग गर्ने सिल भन्दा फरक पनि छैन । यसले दैनिक १५ सय देखि २ हजारका दरले उत्पादन गर्ने गृहलक्ष्मीका अन्य सिलिण्डरमा पनि उपभोक्ता यसरी नै ठगिएको अनुमान गर्न सकिन्छ । यस विषयमा नापतौल तथा गुणस्तर कार्यालयसँग कुरा गर्दा यो उपभोक्तामाथिको चरम लापरबाही भएकोले तत्काल कम्पनी सिल गरी अनुसन्धान अघि बढ्ने अनुसन्धान अधिकृत निराजन पुडासैनीले बताए । पोखराको लामाचौर स्थित गण्डकी बोर्डिङ स्कुलको क्यान्टिनमा ८ केजी भन्दा कम फेला परेको सिलिण्डर अहिले सामुदायिक प्रहरी कार्यालय लामाचौरको sनियन्त्रणमा छ । सोमबार र मंगलबार सार्वजनिक विदा भएकोले बुधबार नापतौल तथा गुणस्तर कार्यालयले आफ्नो अनुसन्धान अघि बढाउने तयारी छ ।

 

Related posts

Leave a Comment