प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा आयोग पारदर्शी नभएको ईयूको आरोप

शर्मीला सुवेदी,  टिभी अन्नपूर्ण काठमाण्डौ

युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा निर्वाचन आयोगको त्रुटी भएको आरोप लगाएको छ ।
दुवै निर्वाचनमा ठुलो धनराशी खर्च गरि पर्यवेक्षण गरेको इयूले निर्वाचन आयोगले आफ्नो कर्तव्य निष्पक्ष गर्न प्रयास गरेको भएपनि आयोगका कामहरु पारदर्शी हुन नसकेको आरोप लगाएको हो ।
३।५ मिलियन युरो खर्च गरिएको झन्डै पाँच महिना लामो मिसनले मंगलवार अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन आयोगले मतदान केन्द्रका मतदाता र वदर मत आँकडा सार्वजनिक नगरेको आरोप लगाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै इयू मिसनका प्रमुख पर्यवेक्षक जेलयाना जोभ्कोले मंसिर १० र २१ मा भएका निर्वाचनहरु नेपालको संविधान २०७२ को कार्यान्वयनका लागि कोशेढुंगा सावित भएको उल्लेख गरिन ।

निर्वाचन अभियानका क्रममा केही उम्मेदवारमाथि सांघातिक आक्रमण हुनु दुःखद भएको भन्दै जोम्कोले आगामी दिनमा राजनीतिदलहरु थप जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरिन ।

२९ वटा सुझाव समेटिएको अन्तिम प्रतिवेदनमा युरोपेली पर्यवेक्षण मिसनले पहिलो हुने निर्वा्चित हुने प्रणालीका निर्वाचन क्षेत्र पुनरावलोकन गर्न, मत किनवेचलाई रोक्न, तथा कानुनको कार्यान्वयन एवं निर्वाचन आयोगको पारदर्शीता हुनुपर्ने लगायतका सुझाव दिएको छ ।

युरोपेली निर्वाचन पर्यवेक्षण मिसनले २५ अक्टुवर २०१७ देखि ३ जनवरी २०१८ सम्म नेपालमा काम गरेको थियो । मिसनमा नर्वे र स्विट्जरल्याण्डसहित इयूका २८ सदस्य राष्ट्रका करिव एक सय जना पर्यवेक्षक खटिएका थिए । ६३ जिल्लामा पर्यवेक्षण गरेको इयू मिसनले नेपालको लोकतान्त्रिक प्रक्रियाको सबलीकरणका लागि नेपाली साझेदारहरुसंग कार्य गर्न प्रतिबद्ध रहेको समेत पत्रकार सम्मेलनमा स्पष्ट पारेको छ ।

यो मिसनले अन्तराष्ट्रिय र क्षेत्रीय स्तरमा नेपालले जनाएका प्रतिवद्धताको कसीमा निर्वाचन प्रणाली, निर्वाचन कानुन र निर्वाचनको स्वच्छता लगायतका आयाममा अनुगमन गरेको थियो ।

 

Related posts

Leave a Comment