एक सातामै २५ अर्बले निक्षेप बढ्यो

बैशाख लागेपछि बाणिज्य बैंकहरुमा तरलता सहज हुन थालेको छ। बैशाख भरी मात्रै २५ अर्बले निक्षेप बढेर २२ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ।निक्षेप बृद्धिसँगै बैंकहरुले ऋण लगानी पनि त्यही अनुपातमा बढाएका छन्। बैशाखमा मात्रै २१ अर्बले ऋण बिस्तार भएर २० अर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। सरकारी विकास खर्च बिस्तारै बढ्न थालेकाले निक्षेपमा सुधार देखिएको बैंकरहरुको धारणा छ। गत साउनदेखि बैशाख अन्तिम सातासम्म निक्षेप २०६ अर्बले बढेको छ। जबकी ऋण लगानी २८८ अर्बले बढेको छ। आर्थिक बर्ष सुरुवातदेखि नै निक्षेप र कर्जाबीचको सन्तुलन निमल्दा ऋण दिन योग्य पूँजीको अभाव हुँदा ब्याज दर उच्च दरले बढेको हो।

Related posts

Leave a Comment