अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेश मन्त्री टेलरसनलाई बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिदेशमन्त्री रेक्स टेलरसनलाई बर्खास्त गरेका छन् । उनको स्थानमा गुप्तचर स‌ंस्था सीआईएका प्रमुख माइक पोम्पियोलाई नियुक्त गरेका छन् । हालसम्मको सेवाका लागि टिलरसनलाई धन्यबाद दिँदै ट्रम्पले ट्वीटरमार्फत् यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्ने ट्रम्पको निर्णयप्रति टिलरसनले सार्वजनिक रुपमा बिरोध जनाएका थिए । यसबारे आफुसँग परामर्श नगरिएको उनको भनाइ थियो । टिलरसनसँग अन्तरबिरोध बढ्दै गएपछि राष्ट्रपति ट्रम्पले गत शुक्रबार नै उनलाई राजीनामा दिन भनेका थिए । ह्वाइटहाउस स्रोतलाई उदृत गर्दै सीएनएनले जनाएअनुसार उत्तर कोरियासागको वार्तालाई सफल बनाउने उदेश्यले राष्ट्रपतिले यस्तो कदम चालेका हुन् । नवनियुक्त बिदेशमन्त्री पोम्पियोले आफ्नो नियुक्तिप्रति आभारी रहेको प्रतिक्रिया दिएका छन् ।

Related posts

Leave a Comment