डिल्लीबजार कारागारबाट ‘टिके डाका’ फरार

काठमाडौं ।

काठमाडौंको डिल्लीबजार कारागारबाट एक जना कैदी गएराति भागेका छन् । चोरी मुद्दामा सजाय भोगिरहेका टिके डाका भनेर चिनिने टिकाबहादुर थापा मागर कारागारबाट भागेका हुन् । उनी कारागारको काँडेतार काटेर भागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख जयबहादुर चन्दले बताए । ‘उनी गएराति भागेका छन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार कारागारभित्र कैदीको गणना गर्दा गल्ती भएको फाइदा उठाएर उनी भागेका हुन् । ‘कैदीको गणना हुँदा गल्ती भयो । त्यसैको फाइदा उठाएर ऊ लुकेर बस्यो’, प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि मौका पाउने वित्तिकै भागेको देखिन्छ ।’ थापा काठमाडौंमा चोरी, लुटपाट र डकैटी सम्बन्धी घट्नामा पटकपटक पक्राउ पर्ने गरेका व्यक्ति हुन् ।

Related posts

Leave a Comment