देश समृद्धी र विकासको लागि बाम गठबन्धनः ओली

शमभू माली, कपिलवस्तु ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धन देश समृद्धी र विकासको लागि लागि गरिएको बताउनुभएको छ । गठबन्धनले पार्टीको मूर्त रुप लिइसकेको बताउदै उहाले अबका १० बर्ष देशको निर्माणका लागि खर्चिने बताउनुभयो ।

बम गठबन्धनद्धारा बुधबार कपिलवस्तुको बाणगंगा तथा इमिलियामा आयोजित दुई वटा चुनावी सभालाई सम्बोधन गर्दै नेता ओलीले अब दुई पार्टी एक भइसकेको भन्दै ढुक्क साथ बाम गठबन्धनलाई बिजय बनाउन आग्रह गर्नुभयो । अल्पमतको सरकार चलाउदा पनि आफुहरुले देश र जनताको हितमा काम गरेकै कारण यस पटक बाम गठबन्धनले ५ बर्ष सम्म ढुक्क सरकार चलाउने दाबी गर्नुभयो ।

जिल्लाको चुनावी सभा सम्बोधन गर्दै प्रमुख अतिथी ओलीले प्रतिनिधी सभा १ का कांग्रेस उम्मेद्धवार दीपकुमार उपाध्याय प्रति कटाक्ष गर्दै राजनिति छाडेर जागिर खान भारत पसेकाहरु फेरी विकासको नाममा जनता ठग्न आएको बताउनुभयो । बाम गठबन्धनको सरकार निश्चित रुपमा बन्ने र त्यसपछि आफ्नो जागिर धरापमा पर्ने देखेपछि दीपकुमार पुनः राजनितिमा छिर्न खोजेको ओलीको भनाई छ ।

कार्यक्रमका विशिष्ठ अतिथी माओवादी बरिष्ठ नेता रामबहादुर थापा (बादल)ले देशमा पुँजीपतीहरुलाई मात्र गणतन्त्र आएको बताउनुभयो । देशको अग्रगामी परिवर्तन र विकासका लागि बाम गठबन्धन एक मात्र विकल्प भएको बताउदै थापाले जनताको सच्चा गणतन्त्र बामगठबन्धनको जीत संगै आउने दाबी गर्नुभयो ।

राष्ट्र विकास समाजवाद र संविधानबाट प्राप्त उप्लब्धी रक्षाको लागि बाम गठबन्धनको जीत आवश्यक रहेको बताउदै उम्मेद्धवारहरुलाई जिताउन थापाले सभाबाटै आग्रह गर्नुभयो । आमसभामा माओवादी नेता तथा प्रतिनिधी सभा १ का बाम गठबन्धनका उम्मेद्धवार चक्रपाणी खनाल (बलदेव) , प्रतिनिधी सभा २ का बाम उम्मेद्धवार वृजेश कुमार गुप्ता तथा प्रदेश सभा उम्मेद्धवारहरुले आफ्ना विकासे प्रतिबद्धताहरु राख्नुभएको थियो ।

Related posts

Leave a Comment