दरबारमार्ग बलात्कार काण्डको नयाँ मोड, अभियुक्त पक्राउ

दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा केही दिनअघि भएको बलात्कारका मुख्य आरोपी शैलेश कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आरोपी कार्कीलाई पक्राउ गरेको हो ।  सो घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीसमेत कारबाहीमा परेका थिए । गत ७ माघमा काठमाडौंको होटल ल्यान्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवतीले उजुरी दिन दरबारमर्ग वृत्त पुगेकी थिइन् । तर, वृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो ।  सो घटनालाई ढाकछोप गरेको भन्दै प्रहरी निरीक्षक ठकुरी निलम्बनमा परेका छन् । (राजधानी)

यो पनि पढ्नुस्

सामुहिक बलात्कार काण्डको अर्को रहस्य पनि खुल्यो

अन्तत दरबारमार्ग काण्ड झुट्टो सावित, यस्तो रहेछ केटाकेटी विचको सम्बन्ध

दरवारमार्ग बलात्कार काण्डको फेरीयो रुप, प्रहरीलाई पनि मुद्दा चलाईने

दरबारमार्ग काण्डमा सामूहिक बलात्कार भएको खुलासा

दरबारमार्ग बलात्कार काण्डमा नयाँ खुलासा मेडिकल रिपोर्टले यस्तो देखायो

३० लाखमा बिक्री भयो न्याय, दरबारमार्ग बलात्कार काण्डको नयाँ मोड

युवतीले बयान फेरेको दरबारमार्ग बलात्कार काण्डमा ठेकेदार र नेतासमेत संलग्न थिए

Related posts

Leave a Comment